Monday, November 14, 2016

Dibya Subba को Nirdosh

निर्दोश भएर पनि
दोशी बने तिम्रो नजरमा
धेरै माया गर्थेँ तिमीलाई
शायद तिमीले बुझ्न सकीनौ
हुउु हुउ हुउ हुउ हुउ हुउ

तिम्रो नाम बद्नाम हुन्छ भनेर
म चुपचाप बसी रहेको छु
अझै पनि तिम्रो माया
मुटु भित्र राखेको छु
आतितका यादलाई फर्केर हेर्दा
दुख्छ यो मेरो मुटु
तिमीले दिएका उपहार आसुँ लियि
जडै छु हुहुहुहु - 2

चाँहेथे तिम्रो हर पैलामा
म साथ दिन
खोजेँथे तिम्रो सपनामा
म सधैं आउन - 2
सकिन तिमीलाई आफ्नो बनाउन
निर्दोश भएर पनि
दोशी बने तिम्रो नजरमा

हुहु यच उहु हँ उह यू हुँ

Karaa Das को Purano Dunga

पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी
उनी छिन पारी  तरेर लौन (भेटुँ म कसरी)२
पुरानो डुंगा

बिधिले यस्तो अन्न्याय गरी झुक्क्ययो मलाई -२
एउटै मुटु दुई टुक्रा पारी छुट्यायो मलाई
चर्किदै गयो बिछोडको घाऊ (सहु म कसरी) -२
पुरानो डुंगा

प्रियसी बिनायो जिन्दगानी के चल्न सक्छ र -२
हुरिको सामु आसाको ज्योति के जल्न सक्छ र
माली बिनाको जङगली फुल झै फुलु म कसरी
पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी
उनी छिन पारी  तरेर लौन (भेटुँ म कसरी)२

Abhinas Ghising र Ram Chandra Kafle को Sunko Bala

सुनको बाला लाउने धोको
फुकौनु छ ऋणको पोको
जौ साँहिला धन कमौन
कती बस्नु  गरीबिमा
धन कमौने मिठो आसमा
परदेशको बिरानो ठाउँमा
तातो रगत बगाएर
सुन्दर संसार बसौने आसमा
धन कमौने काम तेती सजिलो छैन
कहिले पनि बालुवाको महल बन्दैन
आफ्नो आस्था स्वाभिमान गौरब  गुमै
बिदेशीको मुलुकमा  दास बन्नु हुन्न
संघर्श बिना कही सुख मिल्दैन
खाडीको शहरमा पैसा फल्दैन
ह।।।ह।।।

पर्खै को पिडा मान म
दबएर मेला पत म
शाहीली बस्छे रात दिन
आसुँ बोकी दुए आँखामा
गाउँ फ्हर्को बोकी माया
साउदी को गर्मी थौमा
जिउ धन को बजी लगै
सुख मिल्ने झुतो आश्मा
कती सुख छ यो आफ्नो शहरमा
ब्एर्थै पर्दै छौ त्यो आर्कको भर्मा
छोडेर परिवार एक्लो यो गाउँ म
पैदाइन सुख दोल्लर अनी रियल म
चाड पर्ब आउछ आफ्नो आङन म
खुशी जती सबै बिरनो मुलुक म।।।हा अा।।

बिहानि को प्रभात म
कालो बादल आकाशमा
हुलकिले ल्यायो रातो
धागो बेरी चित्थी घरमा
सिउन्दो को सिन्दुर पुछ्यो
सर सपना पल मै रित्यो
बल बच्चा बने तुहुरो गरीबइले बित्यो शाहीलो
एक पटक आउने मनब जीवन यो
धन्को पछी लग्न ले ब्एर्थै गुमिगो
शहर को बियो जब कसैको धल्छ
उज्ज्एली यो दिन्मा आन्ध्यरो छौछ
नजल दाजु आरुको इश्र्य म
फर्किनु पर्ल काठको बकस म

केही धन को पोको बोकी फर्कियो साँहिला काठको बकश्मा
निदयो साँहिला सडकओ लागि फसेर झुतो आश्मा
दुए बच्चा कख्मा च्यपी काठको यो बकस अघी
चुप मौन बस्छे शाहीली आँखा बाट आसुँ झरी

Trilok Rana को Timi Aaune Bato Ma

तिमी आउने बाटोमा  फूल रोपी दिएँ तिमी आयिनौ -2
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ - 2

(जिन्दगिका  सारा खुशी तिम्रै लागि साँची राँखे
साँचो माया पाएँ  भनी पल पल बाँची रहेँ) -2
तर तिम्रो माया ले नै जिउदै मार्यो आज तिमी आयिनौ
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ

(मन थिएन भने तिमीले झुटो कसम किन खायोउ
मन हुनेलाई छोडि दियोउ धन हुनेलाई माया दियोउ) -2
आफ्नोलाई नै परै ठानी गयोउ बेग अनी तिमी आयिनौ
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ

तिमी आउने बाटोमा  फूल रोपी दिएँ तिमी आयिनौ -2
देउरालीमा  कसम खाइ माया लौछु भन्थ्योउ किन लयिनौ - 2

Friday, November 11, 2016

Damage Glitters को Nabhulideu

नभुलिदेउ रमाइला पलहरु
देखेको छु तिमी भित्र
एउटा सपना
सजौनु छ
अधुरो यो सपना तिमीबिना
नभुलिदेउ रमाइला पलहरु
देखेको छु तिमी भित्र
एउटा सपना
सजौनु छ
अधुरो यो सपना तिमीबिना

पाउँछु जब तिम्रो मिठो मुस्कान
लाग्छ तेइ नै हो मेरो जिउने आधार
पाउँछु  जब तिम्रो न्यानो माया
भुलिदिन्छु मेर सारा दु:खहरु

तिमी आउ।।।।।
मेरो छेउ।।।।।

बिर्सन सक्दिन रमाइला पलहरु
भुल्न नि सक्दिन देखेक सपना
बिन्ती छ मेरो तिमीलाई
एसरी नै सधैं साथ दिनु
बिन्ती छ मेरो तिमीलाई
यसरी नै सधैं
हासी दिनु।।।।

नभुलिदेउ रमाइला पलहरु
देखेको छु तिमी भित्र
एउटा सपना
सजौनु छ

Om Bikram Bista को Ma Mauntama Aljhi Raheko Euta Jeevan

म मौनतामा अल्झी रहेको एउटा जीवन
म मौनता अल्झी रहेको एउटा जीवन
कहाँ जाने कस्लाई खोज्ने कसलाई सोध्ने
म मौनतामा अल्झी रहेको एउटा जीवन

यसरी नै सारा जीवन
अन्धकारमा  बित्ने हो कि
माया माया भन्दा भन्दै
जिन्दगी नै मेरो यहाँ
बित्ने हो कि
म प्रतीछ्यामा अल्झी रहेको एउटा जीवन
म मौनतामा अल्झी रहेको एउटा जीवन

यसरी नै सारा बेथ
सुन्यतामा  भुल्ने हो कि
माया माया भन्दा भन्दै
यो मन मेरो यहाँ भुल्ने हो कि
म आसै आसमा  अल्झी रहेको एउटा जीवन
म मौनता अल्झी रहेको एउटा जीवन
कहाँ जाने कस्लाई खोज्ने कसलाई सोध्ने
म मौनतामा अल्झी रहेको एउटा जीवन

Uday Sotang को Aaja Timro Kura Chalyo

हेय्।।।।न।।।।।।।न।।
आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो
बल्ल बल्ल भरेको घाऊ मा
फेरी नयाँ चिरा पर्‍यो
आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो

रमितेको घुइचो थियो
चिना जाना पनि थियो
तेही भिडमा तिम्रो रूपको
नचाहिदो  चर्चा चल्यो

आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो
बल्ल बल्ल भरेको घाऊ मा
फेरी नयाँ चिरा पर्‍यो
आज तिम्रो कुरा चल्यो
जु जु जु।।।।।।

आफ्नो आफ्नो भाग्य रहेछ
सुख पाउनु  दु:ख पाउनु
तिम्रो भागमा कुन्नी के छ
मेरो भागमा पिडा पर्‍यो

आज तिम्रो कुरा चल्यो
मुटु भित्र छुरा चल्यो
बल्ल बल्ल भरेको घाऊ मा
फेरी नयाँ चिरा पर्‍यो
आज तिम्रो कुरा चल्यो