Monday, April 30, 2018

Hamro Nepal Maa Lyrics – Neetesh Jung Kunwar



घर आँगन  अनि साथी भाई
दर्शन  नमस्ते है सबैलाई
सुख दुख भन्नु एस्तै रैछ
को आफ्नो बिदेशमा को पराइ
ठुला शहर यहाँ बेग्ले  सोचै
आइपुगेँ  म पनि केहि गर्नलाई
सबैलाई सम्झना मनबाट नै
आशा छ माया यो नमरोश है

मेरो तन अहिले यहाँ भएनि
मन भने  साननानी उतै छ
हाम्रो नेपालमा
हाम्रो नेपालमा

मन थिएन यहाँ आउनलाई
मरिमेटि धन कमाउनलाई
क गर्नु देशभरी बेरोजगारी
थाम्न सकिएन ऋनको भारी
आमा  मेरी तिमी छितिज पारि
याद आउछ झलझली मुटुभरी
बाबा र बैनीलाई ठिकै छनि
सम्झन्छन होलानी मलाई पनि

मेरो तन अहिले यहाँ भएनि
मन भने  साननानी उतै छ
हाम्रो नेपालमा
हाम्रो नेपालमा

माया मेरी तिमी नरुनु है
आउनेछु म अलि परखनु है
जिन्दगीमा मेरो तिमी बाहेक
कोइ छैन चित्त नदुखौनु है
सन्चै छु म पिर नलिनु है
समय ले कहाँ पुरायो  खोइ

मेरो तन अहिले यहाँ भएनि
मन भने  साननानी उतै छ
हाम्रो नेपालमा
हाम्रो नेपालमा

वो हो … मेरो तन अहिले यहाँ भएनि
मन भने  साननानी उतै छ
हाम्रो नेपालमा प्यारो नेपालमा… ।